लुम्बिनीका पूर्वमन्त्री यादव बैंकिङ्ग कसुरमा पक्राउ

 साउन १, २०८० सोमबार ११:२७:४५ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा यादवलाई पक्राउ गरेको हो ।

गएको माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशङ्कर यादवको नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाण्डौको चेक बाउन्स भएपछि एमालेका नेता समेत रहेका प्रदेशका पूर्वमन्त्री यादव विरुद्ध मुद्दा दायर भएको थियो ।

मुद्दा दर्ता भएपछि जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएसँगै बाँकेको डुडुवा गाउँपालिका होलियाबाट पक्राउ परेका यादवलाई रुपन्देही ल्याइएको रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

जसपाबाट निर्वाचित भएपछि यादव शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए । पछि यादव एमाले प्रवेश गरेका थिए । २०७९ सालमा भएको प्रदेश सभाको चुनावमा बाँकेको क्षेत्र नम्बर २ 'क' बाट एमाले उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका यादव जसपाका भण्डारीलाल यादवसँग पराजित हुनुभएको थियो ।

यादवले २०७४ सालमा कांग्रेसले टिकट नदिएपछि जसपामा प्रवेश गरी उम्मेदवार बनेका थिए ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया