राप्ती प्रादेशिक अस्पतालमा थप ८ वटा डायलासिस मेसिन जडान

 साउन २, २०८० मंगलबार ११:५६:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा थप ८ वटा डायलासिस मेसिन जडान भएको छ ।  यसअघि अस्पतालमा चार वटा मात्रै डायलासिस मेसिनबाट उपचार हुँदै आएको थियो।

अहिले ८ वटा नयाँ मेसिन जडान भएसँगै अस्पतालमा १२ वटा मेसिनबाट सेवा दिन शुरु भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले जानकारी दिनुभयो ।

थप ८ वटा मेसिन जडानसँगै मिर्गौला पीडितलाई सहज हुने अस्पतालले जनाएको छ । यसअघि बिरामी धेरै भएकाले डायलासिस गर्न मेसिनको अभाव हुँदा बिरामीले पीडा खप्नु परेको थियो।

राप्ति प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएका ८ वटा मेसिन बजेटको कमी तथा जनशक्तिको अभाव भएका कारण जडान हुन सकेको थिएन।

अस्पतालका निमित्त प्रमुख डा. अर्यालका अनुसार अहिले लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले जडानका लागि आवश्यक पर्ने २५ लाख रुपैयाँ, १० जना स्टाफ नर्स र दुईजना कार्यालय सहयोगी पठाएसँगै मेसिन जडान भएको हो।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया