श्रमसम्बन्धी फैसला संग्रह सार्वजनिक

 साउन ५, २०८० शुक्रबार १६:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह २०८०’ नामक पुस्तक सार्वजनिक गरिएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले याे पुस्तक सार्वजनिक गर्दै श्रमसँग सम्बन्धित फैसला प्रकाशनका रूपमा आउनु महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले  श्रमसँग सम्बन्धित नजिरलाई समेटेर पुस्तक प्रकाशन भएकाले न्यायालय र न्यायसँग सम्बन्धित व्यक्तिलाई यो पुस्तकले मार्गदर्शन प्रदान गर्नेमा विश्वास व्यक्त गर्नुभयो । श्रमसम्बन्धी विधिशास्त्रको कार्यान्वयन र श्रम कानुनको विकासमा सङ्ग्रहले योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

श्रम अदालतका अध्यक्ष वासुदेव आचार्यले श्रमसँग सम्बन्धित कानुन र अदालतबाट भएका फैसलासम्बन्धी  खोज र अध्ययन गर्न सहज होस भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताउनुभयो । उहाँले बिदामा नबसी अहोरात्र खटेर काम गरेको जानकारी दिनुभयो । पछिल्लो समय श्रम अदालतमा मुद्दाको सङ्ख्या बढदै गएको उहाँको भनाइ छ ।

श्रम अदालतका न्यायाधीश निशा बानियाँले सर्वोच्च अदालत र श्रम अदालतले गरेका महत्वपूर्ण ५० वटा फैसलाको सङ्ग्रह पहिलो पटक प्रकाशन गरेको बताउनुभयो । श्रम अदालत २०५२ सालमा एक न्यायाधीशले मुद्दा हेर्ने गरी र २०७७ सालदेखि तीन सदस्य न्यायाधीशबाट मुद्दाको सुनुवाइ भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sonu sah

    July 21, 2023, 11:24 p.m.

    Ekdam ramro faisla vayo☺️❣️

  •  0 Reply

तपाईको प्रतिक्रिया