डोटीका नौ वटा पालिकामा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम 'फ्रिज'

 साउन ६, २०८० शनिबार १६:२७:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा आर्थिक वर्ष ०७९/०८० मा एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ फ्रिज गएको छ ।

जिल्लाको चालु र पुँजीगत गरी जम्मा दश अर्ब दुई करोड ५ लाख ९९ हजार दुई सय दुई रुपैयाँमध्ये नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार चार सय ६० रुपैयाँ खर्च भएकाे छ । एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्णबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल रकममा चालुभन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ कुल सात अर्ब नौ करोड ९७ लाख ६३ हजार दुई सय दुई रुपैयाँमध्ये ६ अर्ब ७० करोड ४७ लाख ६३ हजार सात सय ९० रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ कुल दुई अर्ब ९२ करोड ८ लाख ३६ हजार रुपैयाँमध्ये दुई अर्ब २८ करोड ६५ हजार ६ सय ७० रुपैयाँ मात्र खर्च हुन सकेको समेत कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

चालुतर्फ ९४ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ हेर्दा ८९ दशमलव ६६ प्रतिशत खर्च भएको देखिन्छ । नौ वटा पालिका रहेको डोटी जिल्लामा सायल गाउँपालिकाको सबैभन्दा बढी रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख धामीले बताउनुभयो । आर्थिक वर्ष ०७९/०८० मा सायल गाउँपालिकामा चालु र पुँजीगतमा भएको निकासामध्ये चार करोड नौ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज गएको छ ।

यस्तै, डोटीमा सबैभन्दा कम केआईसिंह गाउँपालिकाको रकम फ्रिज गएको छ । चालु र पुँजीगत गरी कुल बजेटको एक करोड ८० लाख ६२ हजार ७९ रुपैयाँ खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ ।

पालिकामा सङ्घीय सरकारको चालु ससर्त अनुदान, पुँजीगत ससर्त अनुदान, पुँजीगत विशेष अनुदान, समपूरक अनुदान र प्रदेश सरकारको चालु विशेष अनुदान, चालु समपूरक अनुदानभन्दा बाहेकको अन्य शीर्षकको रकम यसमा समावेश गरिएको छैन ।

सङ्घीय सरकारको समानीकरण, प्रदेश सरकारको समानीकरण, राजस्व बाँडफाँट, आन्तरिक स्राेत शीर्षकको रकम समेत खर्च हुन नसकी फ्रिज भएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया