सिँचाइ र जङ्गली पशुपक्षीका लागि दाङमा ६ वटा पोखरी निर्माण

 साउन ८, २०८० सोमबार ८:५०:२९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालयको 'एक वडा एक पोखरी' कार्यक्रममार्फत् गएकाे आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । सामुदायिक वन समूहको समेत सहभागितामा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । पोखरी निर्माण भएपछि पानीको मुहान संरक्षण भइ पानीको श्रोत बढेको र वर्षातको पानी पनि सङ्कलन हुँदा  स्थानीयलाई सजिलो भएको कार्यालयले जनाएको छ ।

स्थानीय नागरिककाे सहभागितामा पाेखरी निर्माण गरिएकाले धेरै लगानी नलागेकाे केसीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया