तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको उद्धार

 साउन ९, २०८० मंगलबार ११:५८:१२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

काठमाण्डाै - बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनालाई उद्धार गरिएको छ । बुटवल–११ का मिनबहादुर गाहा र बुटवल १४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले जानकारी दिनुभयो ।

गाहा तिनाउ नदीमा दाउरा खोज्न र घर्ती दानव नदीमा माछा मार्न गएको बेला बाढीमा फसेका हुन् । तिनाउ नदीमा बाढीको जोखिम बढेकाले दाउरा खोज्न, माछा मार्न र खोला आसपासका क्षेत्रमा नजान पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

आज बिहानैदेखि नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासको क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । ती क्षेत्रका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना नदीमा पनि बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम आंशिकदेखि सामान्य बदली रहेर बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा लामो समय झरी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।  
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया