लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट पाँच हजार पशु मरे, एकलाखभन्दा धेरै सङ्क्रमित

 साउन १०, २०८० बुधबार १२:३७:५४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट पाँच हजार ८९ पशु मरेका छन् । त्यस्तै एक लाख १८ हजार पशु सङ्क्रमित भएका छन् । 

लुम्बिनी प्रदेश पशुपक्षी निर्देशनालयका अनुसार ८८ हजार नौ सय ८४ सङ्क्रमित पशुकाे उपचार भैरहेको छ । बाँकी निको भएका छन् ।

थप पशु सङ्क्रमित हुन नदिन प्रदेश सरकारले जिल्लाका सबै स्वस्थ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन शुरु गरेको छ । 

प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालयले साउन ४ गतेदेखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा‍ परबेज आलमले जानकारी दिनुभयाे ।

अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्लामा पठाएको बताउँदै अबको व्यवस्थापनको लागि पाँच करोड रुपैयाँ माग गरिएको जनाएको छ ।

लुम्बिनीमा लम्पी स्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपैयाँको नोक्सान व्योहोरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया