दाङमा जङ्गुवा खोलामा बेपत्ता युवककाे शव चार दिनपछि भेटियाे

 साउन १२, २०८० शुक्रबार १६:०:१८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा खोलामा डुबेर बेपत्ता भएका एक युवककाे शव चार दिनपछि फेला परेकाे छ ।

गएकाे मङ्गलवार जङ्गुवा खोलामा डुबेर बेपत्ता भएका घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय सुनिल पुन मगरकाे शव आज शुक्रवार फेला परेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले उहाँकाे लगातार खाेजी गरिरहेकाे थियाे । उहाँकाे शव घटनास्थलदेखि अन्दाजी ३०० मिटर तल हिलोमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया