नेदरल्याण्ड र पाेल्याण्डमा राेजगारीकाे प्रलाेभन देखाएर झण्डै ४६ लाख रुपैयाँ ठगी, दुई जना पक्राउ

 साउन १८, २०८० बिहिबार १५:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि युरोपेली देश पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रोजगारीको लागि नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनाबाट ४४ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महोत्तरीका ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले ६ जनाबाट पटकपटक गरी रकम मागेर सम्पर्क विहीन बनेका थिए । पीडितले वैदेशिक रोजगारीमा दिएको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गएको सोमबार बर्मालाई पक्राउ गरेको हो । उनले पीडितहरुलाई महिनाको दुई लाख रुपैयाँ कमाइ हुने जागिरको प्रलोभन दिएका थिए भने नेदरल्याण्ड जान १२ लाख रुपैयाँ लाग्ने बताएका थिए ।

यस्तै, युरोपेली देश पोल्याण्ड पठादिन्छु भन्दै ठगी गर्ने पाल्पाका पुरण अल्मालीलाई गएको मंगलबार प्रहरीले पक्राउ गरेको छ । अल्मालीले धनन्जय चौधरीलाई आकर्षक रोजगारीमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । पोल्याण्ड जान जम्मा ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ गएपछि होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितबाट एक लाख २० हजार रुपैयाँ लिइ फरार रहेका अल्मालीलाई काठमााण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

अहिले वैदेशिक रोजगार विभागले दुवै जनामाथि थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया