दाजुकाे अस्तु सेलाउन गएका लाेकेन्द्र नारायणीमा बगेर बेपत्ता

 साउन १९, २०८० शुक्रबार ११:५७:१५ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता हुनुभएकाे छ । बिहीवार दाजु रेमन्तकाे अस्तु देवघाटमा सेलाउन गएका लाेकेन्द्रलाई नारायणीले बगाएकाे हाे ।

रेमन्तका फुपूका छोरा ३२ वर्षीय लाेकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएकाे चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लाेकेन्द्रकाे खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तुलसीपुर–१२ काे रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तकाे उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया