डोटीका पालिका तह विरुद्ध तीन वर्षको अवधिमा अख्तियारमा ९३ वटा उजुरी दर्ता

 साउन २०, २०८० शनिबार १३:३:१२ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटी जिल्लाका नौ वटा पालिका तहका बेथिति र अनियमितताविरुद्ध पछिल्ला तीन वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९३ वटा उजुरी परेका छन् । आयोगको कञ्चनपुर कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४५, २०७८/७९ मा १९ र २०७९/८० मा २९ उजुरी परेका छन् ।

तीन वर्षमा अख्तियारमा परेका उजुरीहरुमध्ये अहिलेसम्म ५३ फर्छ्याैट भइसकेका र ४० अनुसन्धानको क्रममा रहेका आयोगको कञ्चनपुर कार्यालयका लेखा अधिकृत वसन्तबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा पूर्वीचौकी गाउँपालिकाविरुद्ध सबैभन्दा बढी ३० उजुरी परेका छन् । त्यसमध्ये २२ वटा उजुरी फर्छ्याैट भइसकेका छन् । सबैभन्दा कम आदर्श र केआई सिंह गाउँपालिकाविरुद्ध ३/३ उजुरी परेका छन् । केआई सिंहविरुद्ध तीनओटा उजुरी परेकाे आयोगले जनाएको छ । परेका ३ उजुरीहरूमध्ये २ फर्छ्याैट भइसकेका छन् भने एक अनुसन्धानको क्रममा रहेको छ । 

यस्तै आदर्श गाउँपालिकाविरुद्ध तीन उजुरी परेका छन् भने दुई फर्छ्याैट भएको र १ अनुसन्धानमा रहेका छन् । सायल गाउँपालिकाविरुद्ध १८ उजुरी परेका छन् । परेका उजुरीहरुमध्ये १२ फर्छ्याैट भई ६ अनुसन्धानमा रहेका आयोगले उपलव्ध गराएको सूचनामा उल्लेख छ । 

यस्तै, तीन वर्षको अवधिमा बडीकेदार गाउँपालिकाबिरुद्ध १० उजुरी परेका छन् । तीमध्ये एक उजुरी मात्र फर्छ्याैट भएको छ । बाँकी नौँ उजुरी हाल अनुसन्धानमा रहेका छन् । दिपायल सिलगढी नगरपालिकाविरुद्ध ८ उजुरी दर्ता भएका छन् । जसमध्ये तीन फर्छ्याैट भइसकेका छन् भने पाँच उजुरी अनुसन्धानमा रहेका छन् । शिखर नगरपालिकाबिरुद्ध तीन वर्षकाे अवधिमा सात उजुरी परेका छन् । जसमध्ये चार फर्छ्याैट भइसकेका छन् भने तीन अनुसन्धानको क्रममा रहेका छन् ।

जोरालय गाउँपालिकाविरुद्ध तीन वर्षको अवधिमा सात उजुरी परेका छन् । एक फर्छ्याैट भई ६ अनुसन्धानको क्रममा छन् । यस्तै, बोगटान फुड्सिल गाउँपालिकाविरुद्ध पनि यस अवधिमा सात उजुरी परेका छन् । जसमध्ये ६ फर्छ्याैट भइसकेका र एक अनुसन्धानको क्रममा रहेको आयोगले जनाएको छ । 

आयोगको कञ्चनपुर कार्यालयका अनुसार तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशभित्रका पालिका तहहरुविरुद्ध पाँच हजार २३७ उजुरी परेका छन् । जसमध्ये चार हजार पाँच सय १७ उजुरी फर्छ्याैट भइसकेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया