'लम्पी स्किन' का कारण शैलुङ्गमा ४२ वटा चौरी मरे

 साउन २२, २०८० सोमबार २०:१३:५९ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – 'लम्पी स्किन' सङ्क्रमणका कारण दोरम्बा शैलुङ्ग गाउँपालिका–१ डडुवामा चाैरी मर्न थालेपछि किसानहरू मारमा परेका छन् ।

रामेछापमा दुई वटा नगरपालिका र छ वटा गाउँपालिकाको तल्लो तटीय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ । लम्पी स्किनबाट शैलुङ्ग क्षेत्रका ४२ वटा चौरी मरेका छन् । डडुवाको गौश्वाराको जङ्गलमा रहेका धेरैजसाे चौरी गोठमा अहिले याे रोग देखा परेको छ ।

लम्पी स्किनका कारण चाैरी मर्न थालेपछि आफूहरूले गाउँपालिकासँग औषधी र प्राविधिक कर्मचारीको माग गर्दा औषधी नभएको भन्दै गाउँपालिका पन्छिँदै आएको किसानहरूले गुनासो गरेका छन् । अहिले डडुवाको शैलुङ्ग क्षेत्रमा १५ वटा गोठमा पाँच सयभन्दा बढी चौरी रहेका छन् ।

दोरम्बा शैलुङ्गका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र ढुंगेलले गाउँपालिकाले गएको आर्थिक वर्षमा एक हजार डोज खाेप किनेर पशुहरूमा लगाइएको भए पनि अहिले पालिकामा औषधी नहुँदा समस्या रहेको बताउनुभयाे ।

रामेछापका आठ वटा पालिकामा लम्पी स्किनबाट २४ हजार पशु बिरामी परेका छन् । पशु सङ्क्रमित हुने सङ्ख्या बढ्दै जाँदा जिल्लामा औषधीको समस्या रहेको पशु प्राविधिकले बताउँदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया