भिमदत्त राजमार्ग अझै अवरुद्ध, सुदूरपश्चिमका सात पहाडी जिल्लाको सम्पर्क टुट्यो

 साउन २४, २०८० बुधबार ११:३:२६ | विमल बिष्ट
unn.prixa.net

डाेटी – अविरल वर्षाका कारण भासिएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अझै खुलेको छैन ।

यो राजमार्ग अन्तरगत पर्ने कैलालीको गोदावरी नगरपालिका–४ को बुढितोलामा आएको पहिरोसँगै झण्डै दुई सय मिटर सडक भासिएको छ ।

पहिरो पन्छाउने काम भइरहे पनि थप पहिरो खसिरहेकाले कठिनाइ भएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बुलेकासम्म एकतर्फी भए पनि सडक खुलाउने प्रयास छ । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने सडक सञ्चालनमा आउने सम्भावना छैन ।

पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका सात पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।

यात्रु तथा गाडी अलपत्र परेका छन् । अलपत्रमा परेका ज्येष्ठ नागरिक तथा बिरामीहरुलाई नेपाली सेना तथा स्थानीयबासिन्दाले उद्धार गर्न थालेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया