विराज भट्टले बनाउने भए ‘साङ्लो’

 कात्तिक १५, २०७५ बिहिबार १२:३४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कुनै समय नायकको रुपमा राज गरेका अभिनेता विराज भट्ट नेपाली सिनेमामा आफ्नो राम्रो क्रेज हुँदा हुँदै भोजपुरी सिनेमामा प्रवेश गरे ।  उनलाई त्यहाँ पनि राम्रो सफलता मिल्यो । 

नेपाली सिनेमापछि भोजपुरीमा गए पनि विराजले नेपाली सिनेमालाई भने भुल्न सकेनन् । केही वर्षको अन्तरालमा उनले रोज राणाको सिनेमा ‘जय परशुराम’मार्फत नेपाली सिनेमामा कमब्याक गरे । तर उनलाई यो सिनेमामा दर्शकले साथ मिलेन । यो सिनेमा चलेन । सिनेमा नचलेपछि विराज फेरि हराए । तर आफ्नो कमब्याकलाई दर्शकले त्यति साथ नदिए पनि विराजले नेपाली सिनेमामा आफ्नो सक्रियता भने नछोड्ने भएका छन् । 

यसैलाई निरन्तरता दिनको लागि उनी अब नयाँ सिनेमा निर्देशनमा जुट्ने भएका छन् । सिनेमा ‘साङ्लो’ मार्फत विराज फेरि दर्शकमाझ आउन लागेका हुन् ।

प्रेम र पारिवारिक कथामा तयार हुने यो सिनेमालाई रमाइलो बनाउने विराजको योजना छ । यो सिनेमाका लागि हाल एक जना नायिकाको खोजी भइरहेको छ ।

त्यस्तै सिनेमाको संगीतको तयारी भने सकिईसकेको छ । सिनेमाका लागि राजनराज सिवाकोटी, सुरेश अधिकारी र विनोद खम्बुले ३ वटा गीत तयार पारिसकेका छन् । अहिले सिनेमाको कथामा काम भैरहेका कारण सिनेमा फ्लोरमा जान केही समय लाग्ने बुझिएको छ । 

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया