पद्मश्री पुरस्कार सुवेदीको उपन्यास ‘मनु’ लाई

 असोज ८, २०८० सोमबार ८:४४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिने निर्णय गरेको छ ।

प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जानकारी दिएको छ ।

‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।

यस्तै, प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल (वात्स्यायन) लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

तीनवटै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिने पनि प्रतिष्ठानले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया