संसदमा एमाले सांसद पन्तको व्यङ्ग्य कविता : गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ !

 असोज १९, २०८० शुक्रबार १२:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेका सांसद रघुजी पन्तले महँगीले सीमा नाघिसक्दा पनि सरकार रमिते बनेको भन्दै संसद् बैठकका कविता सुनाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शून्य समयमा बोल्ने क्रममा उहाँले दैनिक उपभोग्य वस्तुको मूल्य बढेर किनमेल गर्न नसकिने अवस्था आएको बताउँदै कविता सुनाएर सरकारको व्यङ्ग्य गर्नुभयो ।

उहाँले संसदमा सुनाएको कविता यस्तो छ :

खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार 

रहर दाल किलोको दुई सय पचास
बजारभाउ सुन्दा गुम्छ होस हवास

तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ

दशैँको पेस्की आउने कहिले कहिले, पेस्कीमा महँगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिल्यै अँध्यारो छायो

आउन लागेको दशैँ सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैँ यसपालि कसरी टर्छ ?
मेरो प्रश्न छ जवाफ देऊ सरकार, जनताको दशैँ यसपालि कसरी टर्छ ?

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया