छायाँदेवी चेतनाथ गजल पुरस्कार 'बोई' र 'मफलर' लाई

 कात्तिक १३, २०८० सोमबार १३:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको नाम सार्वजनिक भएको छ ।

पुरस्कार २०७८ का लागि वसन्त ओली वसन्तीको गजल सङ्ग्रह 'बोई' र २०७९ का लागि प्रदीप रोदनको गजल सङ्ग्रह 'मफलर' लाई प्रदान गर्न लागिएको छ ।  दश हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिने याे पुरस्कार आउँदाे कात्तिक २५ गते शनिवार काठमाण्डाैमा एक समारोहबीच प्रदान गरिनेछ ।

साहित्यकार जेसागरले २०७४ सालमा आफ्नो गजल कृति 'यत्ति भए पुग्छ' विमोचन समारोहमा आफ्ना मातापिताको नाममा स्थापना गरेको पुरस्कार २०७४ सालदेखि नियमित प्रदान गरिँदै आएको थियो । विशेष कारणवश २०७८ सालमा प्रदान हुन नसकेको कारण यो वर्ष २०७८ र २०७९ को लागि एकैपटक प्रदान गर्न लागिएको हो । 

बुलबुल पब्लिकेसन्सले संयोजन गर्दै आएको याे पुरस्कार २०७४ सालमा आवाज शर्माले सम्पादन गरेको संयुक्त गजल कृति 'इन्द्रेणी-३, २०७५ सालमा टक गुरुङको गजल सङ्ग्रह 'अनाहत',  २०७६ सालमा प्रकृति प्रेमीको गजल सङ्ग्रह 'समीर' र २०७७ सालमा पुष्प अधिकारी अञ्जलीको गजल सङ्ग्रह 'हरियो ऐना' लाई प्रदान गरिएको थियो । 

बुलबुल पब्लिकेसन्सका निर्देशक तथा पुरस्कार संयोजक अच्युत घिमिरे बुलबुलले पुरस्कारको गरिमा र महत्त्वलाई सम्मान गर्दै सधैँ योग्य कृति पुरस्कृत होस् भन्नेमा आफू सचेत रहेको बताउनुभयो ।

रोजगारीको सिलसिलामा यूएईमा रहँदै आउनुभएका पुरस्कारका कोषका संरक्षक जे सागरले योग्य कृतिहरु पुरस्कृत भएको भन्दै खुशी व्यक्त गर्नुभयाे।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया