कपिलवस्तुमा ६ लाख रुपैयाँ बराबरको पटाका नष्ट

 कात्तिक २०, २०७५ मंगलबार १७:५:३५ | गोपाल भण्डारी
unn.prixa.net

फाइल तस्बिर

कपिलवस्तु – प्रहरीले मंगलबार झण्डै ६ लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ ।

कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट अवैध ढंगबाट नेपाल भित्र्याउन खोज्दा पक्राउ गरिएका र सदरमुकाम तौलिहवा एवं अन्य बजारमा बिक्रीमा राखिएका पटाकाको भण्डारलाई प्रहरीले मंगलबार नष्ट गरेको हो ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा ५ लाखको र इलाका प्रहरी कार्यालय परिसरमा १ लाख रुपैयाँको पटाका नष्ट गरेको प्रहरी नायव उपरीक्षक रवी रावलले बताउनुभयो ।

पटाकाजन्य बस्तुहरु सीमा नाकाबाट भित्र्याउन, बिक्री वितरण गर्न पड्काउन स्थानीय प्रशासनले पूर्ण प्रतिबन्ध लगाइएको छ । तर पनि अवैध रुपमा ल्याइएका यी पटाकाहरु संचारकर्मीको रोहवरमा नष्ट गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो ।

पटाका एवं अन्य अपराधीक गतिविधि नियन्त्रणका लागि गोप्य रुपमा सादा पोशाकका प्रहरीहरु परिचालन गरिएको प्रहरी उपरीक्षक पुडासैनीले बताउनुभयो । पटाकाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनिकरणका लागि पनि पटाका नियन्त्रण गर्नु परेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया