चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गयो

 मंसिर २, २०८० शनिबार १३:५१:१२ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएकाे छ । जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हाे । ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आउनु भएको थियो  । चिसो बढेसँगै बिरामी पर्नु भएकी उहँको आज बिहान ज्यान गएको छिमेकी जनक बहादुर खत्रीले जानकारी दिनुभयो ।

जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ । यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या छ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया