पूर्वमन्त्री थापाको 'राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म' पुस्तक लोकार्पण

 मंसिर ५, २०८० मंगलबार २०:३२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – पूर्वमन्त्री एवम् पूर्वराजदुत डा. भेषबहादुर थापाको 'राष्ट्र परराष्ट्र, एकतन्त्रदेखि गणतन्त्रसम्म' पुस्तक लोकार्पण भएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा एक कार्यक्रमबीच पुस्तक लोकर्पण गरिएको हो । पुस्तक लोकार्पण कार्यक्रममा लेखक थापाले परिवार र सद्भाव राख्ने मित्रहरूको निरन्तर प्रेरणा र आग्रहमा पुस्तक लेख्न सफल भएको बताउनुभयो । उहाँले पुस्तकमा कलिलो उमेरदेखि नेपाल सरकारमार्फत राष्ट्रिय योजना, आर्थिक राजनीतिक, कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रहरूमा काम गर्दाको अनुभव रहेको बताउनुभयो ।

थापाले पुस्तकमा व्यक्तिगत धारणा नभई आफ्नो व्यवसायिक जीवनको दौडानमा राष्ट्रका लागि महत्त्वपूर्ण घटना र मुद्दालाई समेट्ने प्रयास गरिएको बताउनुभयो । पुस्तकले आफूहरूको पुस्ताले गरेको प्रयासले नेपालको भविष्य निर्माणका लागि आधार सिर्जना गर्ने उहाँकाे विश्वास छ ।

पूर्वमन्त्री थापाको पुस्तक लोकार्पण समारोहमा पुग्नुभएका सांसद डा. स्वर्णिम वाग्ले र सुमना श्रेष्ठले पुस्तकले नेपालको भविष्य निर्माणका लागि नयाँ आायम थप्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया