निर्माण व्यवसायी सम्पर्कमा नआउँदा अस्पताल भवन निर्माणकाे काम अलपत्र

 मंसिर १०, २०८० आइतबार २०:३०:३३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापकाे खाँडादेवी गाउँपालिकाले आफ्नै लगानीमा खाँडादेवी गाउँपालिका–५ सुलि थुम्का सामुदायिक वनमा निर्माण शुरु गरेकाे १५ शय्याकाे अस्पताल काम साढे तीन वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण अस्पताल भवन अलपत्र परेकाे हाे ।

नागरिकलाई पालिकामा नै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाले टेन्डर आह्वान गरेकाे थियाे । गाउँपालिकाले तीन कराेड ७२ लाख रुपैयाँमा २०८० असार मसान्तभित्र भवन निर्माण सम्पन्न गर्नेगरी आत्रिय शिवको बस्नेत जेभीसँग सम्झौता गरेको थियो ।

तर निर्माण कम्पनीले केही काम शुरु गरेर काम छाडेका थिए । धेरै समयसम्म काम छाडेर निर्माण कम्पनी सम्पर्कविहीन भएकाे अवस्थामा गाउँपालिकाले पटक–पटक पत्राचार गरेकाे थियाे । त्यसपछि सम्पर्कमा आएकाे कम्पनीले एक तला भवन ढलान गरेर हिँडेपछि अहिलेसम्म फर्किएकाे छैन । कम्पनीले अहिलेसम्म ढलान गरेकाे फर्मासमेत निकालेकाे छैन ।

अस्पताल भवन निर्माणकाे जिम्मा लिएका ठेकेदार अहिले गाउँपालिकाको सम्पर्कमा छैनन् । गाउँपालिकाले पटक–पटक पत्राचार गर्दासमेत व्यवसायीले अटेर गरेका कारण भवन निर्माणकाे काम अलपत्र परेकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठले बताउनुभयाे । भवन नबन्दा अहिले पुरानै भवनवाट स्वास्थ्य सेवा प्रदान गर्दै आएकाे उहाँले बताउनुभयाे ।

‘अहिले भएको भवन जीर्ण अवस्थामा रहेको छ । भवन अभावकै कारण सहज तरिकाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकेका छैनौँ । जसका कारण सेवाग्राही स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम मन्थली, छिमेकी जिल्ला काभ्रेको धुलिखेल त कोही सङ्घीय राजधानी काठमाण्डाैका अस्पतालमा जाने गरेका छन्’, स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले भन्नुभयाे ।

निर्माण व्यवसायी सम्पर्कमा नआएपछि ठेक्का सम्झौता तोड्ने अवस्थामा पुगेकाे गाउँपालिकाका इन्जिनियर रामचन्द्र ढुंगेल बताउनुहुन्छ । यस वर्ष सङ्घीय सरकारबाट ४८ लाख रुपैयाँ बजेट प्राप्त भएको र त्यही रकमबाट भवनमा ट्रस निर्माण गरेर भए पनि स्वास्थ्य सेवा प्रवाह गर्नेगरी काम अघि बढाइएको उहाँले बताउनुभयाे ।

गाउँपालिकाले अस्पताल भवन निर्माणका लागि छुट्याएको तीन करोड ७२ लाखमध्ये एक करोड ३० लाख रुपैयाँ पालिकाकै खातामा रहेको छ । निर्माण व्यवसायीले काम अघि नबढाउँदा बाँकी रकम खर्च हुन सकेकाे छैन ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया