गुणस्तर जाँचविनै विदेशी वस्तु भित्रिन दिँदा स्वदेशी उत्पादन सम...
बैशाख २५, २०८१ मंगलबार
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको शरीर रोगले गाल्दै लगेपनि आत्मबल भने बढेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँको उपचारमा संलग्न मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार शनिबार जन्मघर पुगेर फर्केपछि देवकोटाको आत्मबल बढेको हो ।
जन्मस्थानमा पुगेर फर्केपछि डा. देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको डा. कार्कीले बताउनुभयो । स्थिति गम्भीर भए पनि आत्मबल भने उच्च रहेको उहाँको भनाई छ ।
बाँसबारीमा रहेको न्युरो अस्पतालको आइसियु कक्षमा डा. देवकोटाको उपचार भैरहेको छ । पित्तनलीको क्यान्सरका कारण सिकिस्त बिरामी हुनुभएको डा. देवकोटाको स्वास्थ्य केही दिनदेखि गम्भीर हुन थालेको हो ।
उहाँलाई शनिबार उहाँको जन्मस्थल गोरखा आँपपिपलको बाहुनडाँडा लगेर फेरि काठमाडौंमै ल्याइएको छ । डा. देवकोटाको इच्छाबमोजिम दिउँसो गोरखा जन्मघर पुर्याई सिस्नेधाराको पानी खुवाएर एक घण्टा राखेपछि फेरि काठमाडौँ ल्याई न्यूरो अस्पतालको सघन कक्षमा राखिएको छ ।
डा. देवकोटालाई हेलिकोप्टरमा सबै मेडिकल उपकरणको व्यवस्था गरेर गोरखा लगिएको थियो । उहाँसँगै गोरखा जानुभएका मेडिसिटी अस्पतालका इमर्जेन्सी विशेषज्ञ डा सञ्जय कार्कीका अनुसार घर नजिकै हेलिकोप्टर अवतरण गरी विशेष खालको म्याट्रेसमा राखेर ३५ मिनेट बोकेर बाहुनडाँडास्थित घर पु¥याइएको थियो ।
उहाँले भन्नुभयो, “डा. देवकोटालाई घरतर्फ लैजाँदै गर्दा आफूले पढेको लुर्इँटेल स्कुल पनि हातको इशाराले देखाउनुभएको थियो, त्यहाँ पुगेपछि उहाँमा छुट्टै खालको खुशी, उत्साह देखिन्थ्यो, चार/पाँचसयको संख्यामा मानिस उहाँलाई हेर्न जम्मा भएका थिए ।”
डा. देवकोटाले आफूलाई भेट्न आएका बृद्धबृद्धालाई हात दिएर तथा बच्चाको टाउकामा हात राखेर खुसी व्यक्त गर्नुभएको थियो । जन्मस्थान पुगेपछि डा. देवकोटाले आफ्नो वरिपरि रहेकालाई हेरेर ‘आइ फिल भेरी ह्याप्पी’ र ‘आइ फिल एमेज्ड’ अर्थात म अत्यन्त खुशी छु भन्दै खुसी व्यक्त गर्नुभएको डा. कार्कीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।