नारायण गोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई

 मंसिर १९, २०८० मंगलबार २०:२६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवसका अवसरमा ‘स्वरकिन्नरी’ तारादेवी (मरणाेपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई सम्मान गरिएकाे छ ।

आज मङ्गलवार काठमाण्डाैमा आयाेजित कार्यक्रममा तारादेवी र रसिकलाई स्वरसम्राट नारायण गाेपाल स्मृति पुरस्कार प्रदान गरिएकाे हाे । उहाँहरूलाई कदरपत्रसहित जनही ५१ हजार रुपैयाँले सम्मान गरिएको हो ।

स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले हरेक वर्ष याे सम्मान प्रदान गर्दै आएकाे छ । २०४७ सालमा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । स्मृति सभामा कलाकारहरूले नारायण गोपालका कालजयी गीत प्रस्तुत गरेका थिए ।

स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया