गङ्गा दाहाललाई हटाउन खोज्नु प्रधानमन्त्रीलाई असफल बनाउनु हो : सल्लाहकार आचार्य

 पुस २०, २०८० शुक्रबार १३:१७:३३ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीको स्वकीय सचिवका रूपमा काम गरिरहनुभएकी उहाँकी छोरी गङ्गा दाहाललाई पदबाट हटाउनु भनेको प्रधानमन्त्रीलाई नै असहयोग गरी उहाँलाई असफल बनाउन खोज्नु हो भन्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहनुभएकी र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएदेखि नै उहाँको स्वकीय सचिवका रूपमा काम गर्नुभएकी उहाँकी छोरीले अहिले प्रधानमन्त्रीलाई सहयोग गरिरहनुभएकाले उहाँलाई हटाउन खोज्नु स्वयम् प्रधानमन्त्रीलाई नै असफल बनाउन खोज्नु हो ।’ 

यस विषयमा पार्टी वा सरकारमा कतै कुरा नउठेको भए पनि बाहिरबाट प्रधानमन्त्रीले आफ्नो सचिवालय सदस्यबाट गङ्गा दाहाललाई हटाउनुपर्ने भन्नेजस्ता आवाज आएकाले यसमा कुनै तुक नरहेको आचार्यले स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीका छोरा र श्रीमतीको निधन भएको र उहाँ प्रधानमन्त्रीजस्तो पदीय जिम्मेवारीमा रहँदा नजिकबाट उहाँलाई सहयोग गर्ने पारिवारिक सदस्यका रूपमा गङ्गा नै हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्रीको सहयोगीका रूपमा निरन्तरता दिनु हुँदैन भन्नुको कुनै अर्थ छैन । यो त स्वयम् प्रधानमन्त्रीलाई नै असहयोग गर्नु हो र प्रधानमन्त्रीजीलाई असहयोग गर्नु भनेको असफल बनाउन खोज्नु हो ।’

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया