माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि २ हजार ४७ जना मतदाता

 पुस २२, २०८० आइतबार १६:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगले आज आइतवार प्रकाशन गरेको नामावलीअनुसार दुई हजार ४७ जनाले मतदान गर्ने छन् । जसमा पाँच सय ४९ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९८ जना पालिकाका प्रतिनिधि रहेका छन् । पालिकाका प्रमुख तथा उपप्रमुख दुवैले मतदान गर्न पाउँछन् । सबैभन्दा धेरै मधेस प्रदेशमा एक सय सात प्रदेश सभा सदस्य र दुई सय ६७ पालिकाका प्रमुख–उपप्रमुख गरी तीन सय ४७ जना मतदाता रहेका छन् ।

यस्तै कोशीमा ९३ प्रदेश सभा सदस्य र दुई सय ७४ पालिकाका जनप्रतिनिधि गरी तीन सय ६७ जना तथा बाग्मतीमा एक सय १० प्रदेश सभा सदस्य र दुई सय ३७ पालिकाका जनप्रतिनिधि गरी तीन सय ४७ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

गण्डकीमा ६० प्रदेश सभा सदस्य र एक सय ७० पालिकाका जनप्रतिनिधि गरी दुई सय ३० जना, लुम्बिनीमा ८७ प्रदेश सभा सदस्य र दुई सय १८ पालिकाका जनप्रतिनिधि गरी तीन सय पाँच जना मतदाता छन् ।

कर्णालीमा ४० प्रदेश सभा सदस्य र एक सय ५६ पालिकाका जनप्रतिनिधि गरी एक सय ९६ जना तथा सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र एक सय ७६ पालिकाका जनप्रतिनिधि गरी दुई सय २८ जना मतदाता रहेका छन् ।

प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

आउँदाे माघ ११ गते १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया