राष्ट्रिय सभा चुनावका लागि यी हुन् एमालेका १९ जना उम्मेदवार

 पुस २२, २०८० आइतबार १६:५५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला, अन्यबाट पर्शुराम अधिकारी तथा मधेसमा महिलाबाट उषादेवी थरुनी र अन्यबाट डाक्टर अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यस्तै बाग्मतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता–अल्पसङ्ख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा, गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली, अपाङ्गता–अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

यस्तै कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट, दलिततर्फ हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपाङ्गता–अल्पसङ्ख्यकबाट रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया