राष्ट्रिय सभा चुनावका लागि मतपत्र केन्द्रमा पुग्याे

 माघ ५, २०८० शुक्रबार १८:३७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यकाे चुनावका लागि मतपत्र छपाई गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ ।

राष्ट्रिय सभा चुनावका लागि ३८ प्रकारका ६ हजार ९ सय १० थान मतपत्र छपाई गरी पठाएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य चुनावमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।

प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् ।

आउँदाे फागुन २० गतेदेखि रिक्त हुने १९ वटा राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा बिहान ९ देखि दिउँसाे ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ देखि ६ वर्षसम्म रहनेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया