मेरो खातामा पैसा जम्मा भएको छैन : सभापति लामिछाने

 माघ ८, २०८० सोमबार १८:३:४६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि त्यो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीबापत आफूले पैसा नलिएको दाबी गर्नुभएको छ ।

सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै केन्द्रीय पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सञ्चारमाध्यममा आएको जस्तो १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको जिकिर गर्नुभयो । ‘मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा 'गुडविल शेयर' को अपेक्षा गरेको र 'गुडविल शेयर' को प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन’, उहाँले भन्नुभयो । 

‘सन् २०२२ जुन १७ मा १ करोड ८० लाख रुपैयाँको चेक मेरो खातामा क्रेडिट गरिएको तर त्यो चेक 'इलेक्ट्रिोनिक चेक क्लियरिङ' (ईसीसी) मार्फत चेक क्लियरिङमा पठाउँदा खातामा रकम पर्याप्त नभएको हुँदा त्यो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ’, बैंकको पत्र देखाउँदै उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया