अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी ठगी गर्ने पक्राउ

 माघ २५, २०८० बिहिबार ९:२१:४२ | रासस
unn.prixa.net

सर्लाही - सर्लाहीको हरिवन नगरपालिका घर भइ ललितपुर बस्दै आएका सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंहलाई अरुको नागरिकतामा फोटो टाँसेर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँका दरले रकम असुल्दै आएका पाइएको छ।

मासिक  एक लाख ५५ हजार रुपैयाँ तलब पाइने भन्दै तीनैजनाले पीडितबाट  ६३ लाख रुपैयाँ ठगी गरेको पाइएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । उनीहरुले यसअघि पनि ठगी मुद्दामा सजाय भोगिसकेका पाइएको प्रहरीको भनाइ छ ।

तीनैजनामाथि ठगी, कीर्ते जालसाजी, बैंकिङ कसुरलगायत अपराधमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया