माओवादी केन्द्रको विधान मस्यौदामाथि छलफल शुरु

 माघ २७, २०८० शनिबार ९:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको फागुन १ गतेदेखि शुरु हुने विधान अधिवेशनमा पेस हुने विधानको मस्यौदामाथि छलफल शुरु भएको छ । नेताहरुले विधानमा केन्द्रदेखि स्थानीय तहसम्म नेतृत्व विकासका लागि विधि स्पष्ट हुनुपर्नेमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

हिजो बसेको पार्टीको स्थायी समिति बैठकमा नेताहरुले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

नेताहरूले पार्टी कमिटी चुस्तदुरुस्त हुनुुपर्ने तथा केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने सुुझाव दिएका छन् । माओवादी स्थायी समिति बैठक आज पनि बस्दैछ । माओवादीले विधानमाथि छलफल गर्न भोलि र पर्सि केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीको विधान अधिवेशन फागुन १, २ र ३ गते हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया