१ खेलअघि नै अस्ट्रेलियाले जित्याे वेस्ट इन्डिजसँगकाे टी–२० क्रिकेट शृङ्खला

 माघ २८, २०८० आइतबार १८:४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इन्डिजसँगको ३ खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला घरेलु टोली अस्ट्रेलियाले १ खेलअघि नै जितेको छ ।

एडिलेडमा आज भएको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले हरायो । अस्ट्रेलियाले दिएको २ सय ४२ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २ सय ७ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका कप्तान रभमन पावलले ६३ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोनिसले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले ग्लेन म्याक्सवेलको कीर्तिमानी पाँचौँ शतकमा २० ओभरमा ४ विकेट गुमाएर २ सय ४१ रन बनायो । वेस्ट इन्डिजका जेसन होल्डरले २ विकेट लिए । पहिलो खेलमा अस्ट्रेलिया ११ रनले विजयी भएको थियो । तेस्रो खेल पर्सि मङ्गलवार हुनेछ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया