रामग्राम क्षेत्रकाे १ सय २० बिघा जग्गा निजी कम्पनीलाई सुम्पिने प्रक्रिया रद्द गर्न लेखा समितिकाे निर्देशन

 माघ २८, २०८० आइतबार १८:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नवलपरासीको रामग्राम क्षेत्रमा उत्खनन एवम् बौद्ध स्तूपा निर्माण गर्न विना प्रतिस्पर्धा निजी कम्पनीलाई सुम्पिने गरी भएका सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

गौतमबुद्धको अस्थिधातु समाधिस्थ गरिएको रामग्राम क्षेत्रको एक सय २० बिघा जग्गा निजी कम्पनीलाई सुम्पिने प्रक्रिया रद्द गर्न लेखा समितिले निर्देशन दिएको हो ।

लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रका स्थानीयवासीको एक सय १६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी समझदारी गरेको थियो । समितिको आजको बैठकले निर्णय प्रक्रियामा सामेल व्यक्तिमाथि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया