सूचना प्रविधि क्षेत्रका वस्तु तथा सेवा खरिदमा अनियमितता देखियो : अख्तियार

 माघ २९, २०८० सोमबार ६:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवा खरिदका काममा अनियमितता देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी निकायहरुलाई विभिन्न सुझाव दिएको छ ।

सूचना प्रविधिसम्बन्धी प्रणालीको आवश्यकताको विश्लेषण, प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, लागत अनुमान, योजना कार्यान्वयन तथा मर्मत सम्भार एवं सञ्चालनसम्बन्धी काममा एकरूपता ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको कुनै एक निकायलाई जिम्मेवारी दिन अख्तियारले सुझाव दिएको छ ।

यस्तै, खरिद गर्नुपूर्व खरिद गर्न लागेको सूचना प्रविधि प्रणालीको आवश्यकताको विश्लेषण गरी गरिएको मापदण्डको आधारमा प्रणालीको डिजाइन, विस्तृत परियोजना प्रतिवेदन, स्रोतको सुनिश्चितता, लागत अनुमान, आयोजना कार्यान्वयन, आयोजना हस्तान्तरण, आन्तरिक जनशक्तिको परिचालन, आयोजनबाट प्राप्त हुने अपेक्षित लाभको अनुमान, मर्मत सम्भार तथा सञ्चालन आदि सम्बन्धमा पूर्ण तयारी गर्न पनि अख्तियारले भनेको छ ।

एप्लिकेसन सफ्टवेयर खरिद गर्दा त्यसको इन्स्टलेसन प्लेटफर्म, डाटाबेस म्यानेजमेन्ट सिस्टम, डिजाइन फ्रेमवर्क, डेभलपमेन्ट टुल्स, सेक्युरिटी सिस्टम, युजर डाटा, डाटा भोल्युम, लाइसेन्स कन्डिसन, ब्याकअप रिस्टोर, सर्भिस वारेन्टी, सपोर्ट र मेन्टिनेन्ससम्बन्धी अध्ययन गरी आवश्यक विशेषता र मापदण्डसमेत यकिन गर्न अख्तियारको सुुझाव छ ।

नागरिकको सेवा प्रवाहसँग सरोकार राख्ने सञ्चार तथा सूचना प्रविधि प्रणाली सञ्चालन गर्ने हरेक सार्वजनिक निकायले यस्तो प्रविधि प्रयोग गर्ने कर्मचारीको कार्य विवरण, भूमिका, जिम्मेवारी र उत्तरदायित्व स्पष्ट हुने गरी काममा लगाउनुपर्नेमा पनि अख्तियारले जोड दिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया