इजरायल र गाजा युद्ध तथा लाल सागर आक्रमणले विश्वको अर्थतन्त्र खतरामा

 फागुन १, २०८० मंगलबार ६:२७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायल र गाजाबीचको युद्धका कारण लाल सागर क्षेत्रमा भइरहेको आक्रमणले विश्वको अर्थतन्त्र खतरामा परेको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र विश्व बैंकले जनाएका छन् ।

लाल सागरको माध्यमबाट ढुवानीसँग सम्बन्धित लगातारको आक्रमणले यसअघि नै मध्यपूर्व र उत्तरी अफ्रिका क्षेत्रको अर्थतन्त्रलाई प्रभावित पारिसकेको र युद्ध जारी रहे विश्वमा नै असर पर्नसक्ने आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालार्य उदृत गर्दै एफपीले जनाएको छ ।

यसैबीच, यमनका इरान समर्थित हुथी विद्रोहीहरूले समेत महत्त्वपूर्ण सामुद्रिक मार्गतर्फ जाने लाल सागरका जहाजमा आक्रमण गरिरहेका खबरमा उल्लेख छ । हुथीहरूले गाजामा प्यालेस्टिनीहरूसँगको सहकार्यमा इजराइलसँग सम्बन्धित ढुवानीलाई निशाना बनाइरहेको बताएका छन् ।

यसबाट केही मालवाहक जहाज आक्रमणबाट बच्नका लागि लामो र धेरै महँगो मार्गहरू प्रयोग गर्न बाध्य भइरहेका छन् । यसका कारण गएको  महिनाको अन्त्यमा व्यापार तथा विकाससम्बन्धी व्यापारिक यातायातको मात्रा ४० प्रतिशतभन्दा धेरैले घटेको आइएमएफले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया