जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

 फागुन १, २०८० मंगलबार ९:१२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरी उहाँले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीको साझा दिवसका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

जनयुद्धले परिवर्तनको सपनालाई आत्मसात् गरेको, राजतन्त्रको अन्त्य तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनामा भूमिका रहेको उहाँको भनाई छ । उहाँले परिवर्तनको पक्षमा लागेर शहीद भएका प्रति श्रद्धाञ्जली, बेपत्ता व्यक्तिमा उच्च सम्मान र घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

‘जनयुद्ध’ दिवसको अवसरमा आज कतिपय ठाउँमा सार्वजनिक बिदा छ । आज रोल्पा, हुम्ला, रुकुमपश्चिम, गोरखा, सिन्धुपाल्चोक, काभ्रेलगायत जिल्लाका कतिपय पालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

विशेषगरी नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष वा मेयर जितेका पालिकामा आज सार्वजनिक बिदा छ । तर गृह मन्त्रालयले आज सार्वजनिक बिदा नरहेको यसअघि नै जानकारी गराइसकेको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया