विश्वका झण्डै आधा आप्रवासी प्रजाति लोप हुने अवस्थामा

 फागुन १, २०८० मंगलबार ९:११:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वका झण्डै आधा आप्रवासी प्रजातिहरू घट्दै गएका संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ । परिवर्तित मौसमसँगै विभिन्न वातावरणमा सर्ने सङबर्ड, समुद्री कछुवा, ह्वेल, शार्क र अन्य प्रवासी जीवजन्तु घट्दै गएका राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ ।

यी प्रजातिहरु बासस्थान परिवर्तन भइरहँदा पहिले भएका बासस्थानमा हानी, अवैध शिकार र माछा मार्ने, प्रदूषण तथा जलवायु परिवर्तनले जोखिममा परेका प्रतिवेदनले देखाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । संसारभरमा झण्डै ४४ प्रतिशत आप्रवासी प्रजातिहरूको सङ्ख्या घट्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसङ्घले अनुगमन गरेको झण्डै एक हजार दुई सय प्रजातिमा २० प्रतिशत लोप हुने खतरामा छन् । उज्बेकिस्तानको समरकन्दमा संयुक्त राष्ट्रसङ्घ वन्यजन्तु सम्मेलनमा हिजो जारी प्रतिवेदनमा लोपुन्मुख रहेका प्रजातीहरूको यात्राको कुनै पनि विन्दुमा बासस्थानको हानि वा अन्य खतराका कारण सङ्ख्यामा कमी आउन सक्ने उल्लेख छ  ।

राष्ट्रसङ्घीय सम्मेलनका सहभागीहरूले संरक्षण उपायहरूका लागि मूल्याङ्कन गर्ने र धेरै नयाँ प्रजातिको चासोलाई औपचारिकरूपमा सूचीबद्ध गर्ने योजना बनाएका छन् ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया