रेडियोको नवीकरण जरिबाना बापतको रकम छुट दिन सहमति दिइसकेको अर्थमन्त्री महतको भनाइ

 फागुन २, २०८० बुधबार ९:२१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – अर्थमन्त्री डा. प्रकाश शरण महतले देशभरका रेडियोलाई यसवर्षको नवीकरणको जरिबाना बापतको रकम छुट दिनका लागि सञ्चार मन्त्रालयलाई सहमति दिइसकेको बताउनुभएको छ । १३ औँ विश्व रेडियो दिवसको अवसरमा ललितपुरमा हिजो भएको कार्यक्रममा अर्थमन्त्री महतले जरिबानाको रकम छुटका लागि निर्णय गरेर पुस महिनामै लेखी पठाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नवीकरणको जरिबानामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै छुटको व्यवस्था कार्यान्वनय गर्नेछ । अर्थमन्त्री महतले आम नागरिकलाई सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका रेडियोलाई संरक्षण गर्ने कुरामा राज्यले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका सहभागी वक्ताले सूचना प्रविधि क्षेत्रमा भएको विकास र त्यसको बढ्दो प्रयोगले अहिले रेडियोले सङ्कटको सामना गर्नुपरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले सूचना प्रविधिको अहिलेको युगमा रेडियोलाई पनि प्रभावकारी बनाउन काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सूचना प्रविधि र इन्टरनेटमा आधारित सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न र रेडियोलाई टिक्ने बनाइराख्न स्थानीयका अपेक्षा पूरा हुनेखालका सामग्री प्रसारण गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया