डोटीमा एनआईडी कार्यालय उद्घाटन

 कात्तिक २७, २०७५ मंगलबार १७:२७:१९ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धान (एनआर्इडी) को जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले त्यस भवनको उद्घाटन गर्नु भएको हो ।
कुल एक करोड ३ लाख रुपैयाँको लागतमा त्यो भवन निर्माण गरिएको राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख तथा अनुसन्धान अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।

आफ्नो भवन नहुँदा राष्ट्रिय अनुसन्धानका कर्मचारी वर्षौदेखि जिल्ला प्रशासन कार्यालयको भवनमा आफ्नो अफिस खडा गरी कामकाज गर्दै आएका थिए ।
करोडाैंको लागतमा आफ्नो कार्यालय बनेपछि अहिले राष्ट्रिय अनुसन्धान डोटीका कर्मचारीहरु निकै खुशी भएको सहायक अनुसन्धान अधिकृत वीरबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग भवन थिएन, काम गर्न केही असजिलो भएको थियो, अहिले आफ्नै भवन पायौं, यसैमा खुशी छौं ।’ नवनिर्मित भवनको उद्घाटन गर्दै राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक  दिलिपराज रेग्मीले अनुसन्धानका कर्मचारीले विगतको भन्दा झन चनाखो र फुर्तिलो भएर काम गर्नु पर्ने निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरु, डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीलगायतका अन्य विभिन्न कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया