कांग्रेस महासमिति बैठकमा आजदेखि बन्दसत्र शुरु

 फागुन ८, २०८० मंगलबार १०:५८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि बन्दसत्र शुरु भएकाे छ । 

महासमिति बैठकमा आज बिहानदेखि बन्दसत्र शुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुनेछन् ।

पार्टीका उपसभापति एवम् उपप्रधान/रक्षामन्त्री पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पेस हुनेछ । महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले महासमिति बैठकमा प्रस्तुत हुने सा‌‍ङ्गठनिक र राजनीतिक प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषयमा जोड दिएका छन् ।

थापा र कोइरालाले प्रतिवेदनमै यो विषय राख्न खोजे पनि सभापति शेरबहादुर देउवा पक्षले आवश्यकताका आधारमा अरू दलसँग गठबन्धन गर्न सकिने भएकाले प्रतिवेदनमा यो विषय राख्न जरुरी नभएको बताएको छ।

यस्तै, पार्टीका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेको लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस हुने प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

महासमिति बैठक ललितपुरको गोदावरीमा हिजो उद्घाटन भएको हो । बैठक १० गतेसम्म चल्नेछ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया