ललितकला प्रज्ञा प्रतिष्ठानमा चित्रकलाको अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु

 फागुन ९, २०८० बुधबार १६:३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा नेपाल र जर्मनीका कलाकारले तयार पारेका चित्रकलाको अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ । प्रतिष्ठानमा गएको माघ २२ र २३ गते आयोजित ‘अन्तर्राष्ट्रिय कला कार्यशाला २०२४’बाट सिर्जित कलाकृतिको साताव्यापी प्रदर्शनी शुरु भएको हो । प्रदर्शनी यही फागुन १४ गतेसम्म रहने छ ।

‘कनेक्टिङ कल्चर थु्र आर्टस्’ शीर्षकमा शुरु भएको प्रदर्शनीमा नेपाल र जर्मनीका ४३ कलाकारको सिर्जना समावेश गरिएको छ । जसमा १० जना विदेशी कलाकार सहभागी भएका छन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध अझ प्रगाढ बढाउने बताउनुभयो ।

यसैबीच मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाण्डौमा प्रदर्शन भएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाण्डौमा मानव बेचबिखनबारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो । मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरेको आयोजकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया