आज पनि शेयर बजार घट्यो, दुई अर्ब २४ करोड रुपैयाँको कारोबार

 फागुन ९, २०८० बुधबार १८:३३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ ।  शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४६ अङ्कले घटेर दुई हजार २६ दशमलव ५९ विन्दुमा झरेको छ । आज उत्पादनबाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर झण्डै आठ प्रतिशतले घटेको  छ ।

समग्रमा बजार घटे पनि बोटलर्स नेपाल, हिमालय उर्जा विकास कम्पनी र समाज लघुवित्तको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६३ लाख ४१ लाख कित्ता शेयर दुई अर्ब २४ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन रि इन्सुरेन्स कम्पनीको ११ करोड १२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया