भारतसँगको चौथो टेस्टमा पहिलो दिन इंग्ल्याण्डले ७ विकेटको क्षतिमा ३ सय २ रन जोड्यो

 फागुन १२, २०८० शनिबार ६:२६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतसँगको चौथो टेस्टमा पहिलो दिन इंग्ल्याण्डले ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको छ । राँचीमा टस जितेर इंग्ल्याण्डले पहिला ब्याटिङ गरेको हो । उसका जोए रुटले शतक बनाएका छन् । रुटले एक सय ६ रनमा अविजित छन् ।

त्यस्तै ओली रविन्सनले ३१ रन जोड्दै रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको यो ३१ औं शतक हो । बेन फोक्स ४७, ज्याक क्रेवेलले ४२, जोनी बेयरस्टोक ३८ रनमा आउट भए । त्यस्तै टोम हाटर्लीले १३, बेन डकेटले ११ रन जोडे । कप्तान बेन स्टोक्स ३ रनमा आउट भए ।

डेब्यू गरेका भारतका आकाश दिपले ३ विकेट लिए । मोहम्मद सिराज, रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान एक÷एक विकेट लिएका छन् । ५ टेस्टको श्रृखंलामा भारत २–१ ले अगाडि छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया