हरित हाइड्रोजन विकासका लागि चीन र पाकिस्तानबीच सहकार्य

 फागुन १३, २०८० आइतबार ६:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रयोग बढाउन विज्ञहरुले सुझाव दिएका छन् । चीन–पाकिस्तान आर्थिक करिडोर ढाँचा कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा विज्ञहरुले यसै अन्तर्गत हरित हाइड्रोजन विकास क्षमता हासिल गर्न सुुझाव दिएका हुन् ।

पेट्रोलियम पर्दार्थको विकल्प खोज्न पाकिस्तानलाई समस्या भइरहेको बेलामा विज्ञहरुले स्वच्छ ऊर्जा रूपान्तरण हासिल गर्न पाकिस्तानको लागि अहिले उच्च अवसर रहेको बताए । राष्ट्रिय ऊर्जा दक्षता तथा संरक्षण समितिका प्रबन्ध निर्देशक सरदार मोहज्जमले बढ्दो जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र ऊर्जाको मागमा हाइड्रोजन उत्पादन निर्विकल्प भएको बताउनुभयो ।

पाकिस्तानको ग्वादर बन्दरगाहलाई चीनको सिन्जियाङ क्षेत्रको काशगरसँग जोड्ने करिडोर गएको वर्षदेखि शुरु भएको हो । जस अन्तर्गत उर्जाको रुपान्तरण मुख्य उद्देश्य रहेको छ ।   

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया