प्रिमियर लिगमा आर्सनल र म्यानचेस्टर सिटी विजयी : युनाइटेड फुलहमसँग पराजित

 फागुन १३, २०८० आइतबार ९:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् । आर्सनलले न्यूक्यासललाई ४–१ गोलले र सिटीले बर्नमाउथलाई १–० गोलले हरायो । सिटीको जितमा खेलको पहिलो हाफमा फिल फोडेनले गरेको गोल नै पर्याप्त भयो । उनले २४ औँ मिनेटमा गोल गरेका थिए । जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँग अङ्कदुरी घटाएको छ । लिभरपुलको २६ खेलमा ६० अङ्क छ ।

दोस्रो स्थानमा रहेको सिटीको समान खेलमा ५९ अङ्क रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको आर्सनलको २६ खेलमा ५८ अङ्क छ । अर्को खेलमा फुलहमसँग म्यानेचस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड फुलहमसँग २–१ ले गोलले पराजित भएको हो । हारसँगै युनाइटेड ४४ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ । फुलहम ३२ अङ्कसहित १२ औँ स्थानमा छ ।

प्रिमियर लिगका अरु खेलमा एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–२ तथा क्रिस्टल प्यालेसले बर्नलीलाई ३–० गोलले हराएको छ । ब्राइटन र एभर्टनले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । लिगमा आज एउटा खेल हुनेछ । बेलुका सवा ७ बजे उल्भ्स र सेफिल्ड युनाइटेड खेल्दैछन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया