फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका नेपालका अर्याल मेटाको पहिलो नम्बरमा

 फागुन १३, २०८० आइतबार १२:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई फेसबुकको मातृ संस्था मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको छ । मेटाले अर्याललाई आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने साइबर सुरक्षा विज्ञको रुपमा पहिलो नम्बरमा राखेको हो ।

नेपालकै विस्तृत दाहाल ७ औँ र सन्तबहादुर घर्तीमगर ९ औँ स्थानमा परेका छन् । एक क्लिकमै फेसबुक कब्जा गर्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएका कारण मेटाले आफूलाई ह्वाइट ह्याट अर्थात हल अफ फेमको पहिलो स्थानमा राखेको अर्यालले फेसबुक पोष्टमा उल्लेख गर्नुभएको छ ।

ह्वाइट ह्याटलाई नैतिक सुरक्षा ह्याकरका रुपमा चिनिन्छ । यसअघि फेसबुकमा जुनसुकै एकाउन्ट एक क्लिक र शून्य क्लिकमै आफ्नो कब्जामा लिन सकिने कमजोरी थियो । त्यो पत्ता लगाएर जानकारी दिएका कारण मेटाले पहिलो नम्बरमा समेटेको उहाँको पोष्टमा उल्लेख छ ।

फेसबुकले यो कमजोरीलाई अहिले सुधार गरिसकेको छ । यसअघि सन् २०२३ मा पनि अर्याल फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर ह्वाइट ह्याटको शीर्ष २७ औँ स्थानमा पर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया