इलाम र बझाङमा वैशाख १५ गते उपचुनाव

 फागुन १३, २०८० आइतबार १५:३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको छ । आज बसेको आयोगको पदाधिकारी बैठकले सरकारसँगको परामर्शअनुसार आउँदो वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । त्यहाँ उपचुनाव हुनेछ । नेम्वाङको गएको भदौ २६ गते निधन भएको थियो ।

यस्तै प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (क) मा पनि उपचुनाव हुनेछ । त्यस क्षेत्रमा विजयी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गएको वर्ष गाडी दुर्घटनामा परेर निधन भएको हो ।

उपचुनावका लागि मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको र आउँदो बिहीवारदेखि रुजु सुरु हुने आयोगले जनाएको छ ।

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो त्यही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपचुनावको मिति तोकिएको आयोगले जनाएको छ । उपचुनावमा सहभागिता, सहयोग र सहकार्यका लागि निर्वाचन आयोगले सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया