स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्दै लैजाने बाेर्ड सदस्य डा श्रेष्ठको दाबी

 फागुन १५, २०८० मंगलबार १२:१४:११ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपाल स्वास्थ्य बीमा बोर्डका सदस्य डा मुक्ति श्रेष्ठले स्वास्थ्य बीमालाई थप व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । स्वास्थ्य बीमाको बारेमा पूर्ण रुपमा जानकारी नहुँदा सबै मानिसहरु जोडिन नसकेको उहाँको भनाइ छ ।

अर्घाखाँचीको सन्धिखर्कमा भएको कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डा श्रेष्ठले बीमा गरेपछि एक लाख रुपैयाँ खर्च गर्नैपर्छ भन्ने मान्यताका कारण अनावश्यक रुपमा चेक गर्ने प्रवृत्ति बढेको पनि बताउनुभयो ।

उहाँले राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले गएको माघ १ गतेदेखि लागू हुने गरी बिमा उपचार खर्चमा बिमितबाटै १० प्रतिशत रकम तिर्नुपर्ने गरी नीति लिएको र अहिले यो नियम १५ बेड माथिका अस्पतालमा मात्र लागू भएको जानकारी दिनुभयो ।

१५ शय्यामुनिका अस्पतालमा सबै निःशुल्क हुने गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत वार्षिक ३५ सय तिरेबापत एउटा परिवारले एक लाख रुपैयाँ बराबरको सुविधा पाउँछन् । तर नयाँ नीति अनुसार उपचार गरेको कुल खर्चमध्ये १० प्रतिशत बिमितले तत्कालै सम्बन्धित स्वास्थ्य संस्थामा तिर्नुपर्नेछ ।

बिरामी र स्वास्थ्यकर्मी दुवैले अनावश्यक परीक्षण गराइ बीमाको रकम सक्ने गरेको अवस्था भएपछि बोर्डले नयाँ निर्णय लिन बाध्य भएको स्वास्थ्य बिमा बोर्डका सदस्य डा. श्रेष्ठले बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमले अति विपन्न तथा अपांगताहरूको हकमा बिमा शुल्क तिर्ने गरी व्यवस्था छ । बीमा बापतको रकम कुनै रोग विशेषलाई नभइ साधन र स्रोतले भ्याएसम्म सबै प्रकारका रोगलाई दिइन्छ ।

ओपीडी सेवा, ल्याब, भर्ना, औषधिदेखि लिएर फार्मेसी परामर्शलगायत सेवा पाउन सकिन्छ । ५ जनाभन्दा धेरै सदस्य रहेको हकमा प्रति सदस्य अतिरिक्त ७ सय खर्च गरेर वार्षिक एक लाखमा उपचार हुन्छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया