अन्तरिक्षयात्रा गर्न भारतीय वायुसेनाका चार जना विमानचालक छानिए

 फागुन १६, २०८० बुधबार ६:३१:१६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतले आउँदो वर्ष अन्तरिक्षमा आफूले पठाउन लागेको पहिलो मानवचालित यान चढेर अन्तरिक्षयात्रा गर्न वायुसेनाका चार जना विमानचालकलाई छानेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनीहरूको योग्यताको प्रशंसा गर्दै छानिएका विमानचालकको नाम सार्वजनिक गर्नुभएको हो । छानिनेमा प्रशान्थ बालाकृष्नन्, अजित कृष्नन्, अंगद प्रताप, शुभांशु शुक्ला रहेका छन्।

गगनयान नामक अन्तरिक्षयानमा तीमध्ये तीन जनालाई अन्तरिक्षयात्रीका रूपमा पठाउने भारतले जनाएको छ । यो यान चार सय किलोमिटरमाथि पृथ्वीको कक्षमा पुग्ने र तीन दिनपछि फिर्ता हुने बीबीसीको खबरमा उल्लेख छ । भारतीय अन्तरिक्ष निकाय इसरोले यो उडानको तयारीका क्रममा परीक्षणहरू गरिरहेको छ ।

इसरोले गएको अक्टोबरमा रकेटमा समस्या उत्पन्न भए चालकहरूलाई सुरक्षित रूपमा बाहिर निस्किन सक्ने उपाय सिकाउने एउटा मुख्य परीक्षण गरिसकेको छ । त्यसको सफलतापछि इसरोले सन् २०२५ मा मानवसहितको अन्तरिक्षयानलाई पठाउनुअघि एउटा रोबटलाई यसै वर्ष अन्तरिक्षमा पठाउने जनाएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया