छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक : उद्घाटन खेलमा एपीएफ र सङ्कटा खेल्ने

 फागुन १६, २०८० बुधबार १२:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – फागुन १९ गते आउँदो शनिवारदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबलको खेल तालिका आज सार्वजनिक गरिएको छ । झापा गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् ।

गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र सङ्कटा फुटबल क्लब खेल्ने भएका छन् । अर्को विभागीय टोली नेपाल पुलिस क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड फागुन २० मा क्वार्टर फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

उद्घाटन खेलको विजेताले सर्लाहीको बाग्मती युवा क्लबसँग पहिलो क्वार्टर फाइनल खेल खेल्नेछ । त्यस्तै, फागुन २२ गते नेपाल पुलिस र चर्च ब्वाइजबीच हुने खेलको विजेताले न्युरोड टिम (एनआरटी) सँग दोस्रो क्वार्टर फाइनल खेल खेल्नेछ । तेस्रो क्वार्टर फाइनल खेल फागुन २३ गते विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र दुईपटकको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

अन्तिम क्वार्टर फाइनल खेल फागुन २४ गते झापा–११ र एन्फा मकवानपुरसँग सेमिफाइनल प्रवेशका लागि खेल हुने आयोजक झापा गोल्डकपले जनाएको छ । फाइनल खेल फागुन २८ गते हुनेछ । विजेताले नगद १३ लाखसहित ट्रफी पाउनेछ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया