अमेरिकी निजी कम्पनीले चन्द्रमामा पठाएको अन्तरिक्षयानको स्पष्ट तस्बिर सार्वजनिक

 फागुन १७, २०८० बिहिबार ९:४०:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै - चन्द्रमाको सतहमा अमेरिकाले पठाएको ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिरहरू सार्वजनिक भएको छ । तस्बिरमा अन्तरिक्षयानको एउटा खुट्टा भाँचिएको अवस्थामा चन्द्रमाको एक छेउमा अवतरण भएको देखिएको बीबीसीले जनाएको छ । यद्यपि यसले काम गर्न थालेको छ ।

अन्तरिक्षयानले चन्द्रमाको वातावरणबारे जानकारीहरु पठाइरहेको खबरमा उल्लेख छ । अप्ठ्यारो परिस्थितिका बाबजुत यसले काम गर्न थालेकाले रोबोटलाई कमजोर सोच्न नहुने अमेरिकी अन्तरिक्ष एजेन्सी प्रशासक बिल नेल्सनले बताउनुभएको छ । गएको बिहीवार ओडिसियसले निजी कम्पनी इन्ट्युटिभ्स मेसिन्सको पहिलो अन्तरिक्षयानको रुपमा चन्द्रमामा सफल अवतरण गरेर इतिहास रचेको थियो ।

आठ दिने मिसनको प्रक्षेपण गरिएकामा छैटौँ दिनसम्म पनि चन्द्रमाबाट जानकारीहरु पठाइरहेको कुरालाई सफलताको रुपमा हेर्न सकिने कम्पनीले जनाएको छ । नासाले कम्पनीसँग चन्द्रमाको वातावरण अध्ययनका लागि रोबटमा ६ वटा वैज्ञानिक उपकरण जडान गरेर  पठाउने सम्झौता गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया